
जब सन्ध्या हुन्छ , जब सन्ध्या हुन्छ
दिन भरी परदेशको घामले भत् भत् पोलेको अनुहार लिएर
आफ्नो किरायाको कोठा तिर फर्किन्छु, सकी नसकी २ मुठी खाना बनाई
२ गास खाई जब विस्तरमा लखतरान भई पल्टिनछु , अनी एकोहोरिन लाग्दछु ।।
मन भित्र बाट अनायसै रास्ट्र प्रेम को तरंग बियुत्पन्न हुन लाग्दछ !
देश ,मेरो देश,सच्चिनै प्यारो देश ,बहु भाषा, धर्म ,संस्कृतिले झलमल ज्वोती झैँ शुशोभित मेरो देश आज डाको छाडी रोई रहेछ ।।
अनी म? अनि म क्रान्तिको बिफ़ुल फुक्ने संकल्प लिएको हिजो, आज विदेश को मरुभूमि मा जिन्दगीका छरिएका पाना भेला पर्दा पर्दै ,पर्दा पर्दै यतै रुमलि रहेछु ।।
मेरो स्वाभिमान मेरो गौरभ मेरो देश आज रास्ट्र प्रेमी युवा सेवक को साथ खोजि रहेछ ।
अनि म ? अनि म यसै कता कता सांसारिक मोह प्राप्तिको तृप्ति बोकेर परदेशमा कसैलाई सलामी र गुलामी गरी रहेछु धिकार छ मलाई ,धिकार छ म आफुलाई मातृभूमि प्रेमी भन्न ,
जुन देश ले मलाई पहिचान दियो आज त्यै देश माथि कुठाराघात गर्दै विदेश पलायन भए !
गरे सुनै फाल्ने मेरो देश ,घर मा बृद्ध आमा बुबा छाडी बिदेशिएको म आज बिदेशी मरुभूमिमा कहिलै नपाउने खुशी खोज्न दिन रात भागदौड गरि रहेछु।।