
वीरगञ्जमा समान्य घरायसी वि वाद पर्छि एक महिलाले तरकारीमा वि ष हालेर आफु सहित परिवारका सदस्यलाई खवाउँदा महिलाको ज्यान गएको छ भने पाँच जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । खाना पकाउने विषयमा सौताको छोरीसंग सामान्य वि वाद भएपछि महिलाले तरकारीमा वि ष राखेर पकाएकी थिइन् ।
वीरगञ्ज–२४ बहुअरीका जगदिश कुर्मीकी श्रीमती ३४ बर्षकी राधिकादेवीले वि ष राखेको तरकारी खाएर उनको मृ त्यु भएको हो भने अन्य पाँच जना छोराछोरीको उपचार भइहेको छ । राधिकाले छोरीसंगको वि वाद पछि तरकारीमा वि ष राखेर पकाएर आफु सहित सबैलाई खुवाएकी थिइन् । घट नाको अनुसन्धान गरिरहेका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले राधिकाको ज्यान गएको र अन्य पाँच जनाको उपचार भइरहेको जानकारी दिए ।
राधिकाका छोरा ३ वर्षीय करिमन भन्ने विवेक कुमार, उनका सौताका छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल र १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेलको उपचार भइरहेको हो । सि किस्त रहेका उनीहरुको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ ।
जगदिशको दोस्रो श्रीमतीका रुपमा १५ वर्ष अघि विवाह गरेर आएकी राधिकाको विहान सौताको छोरी मनिषासंग खाना पकाउने विषयमा सामान्य वि वाद भएको अनुसन्धान गरेका प्रहरीले जनाएका छन् । अन्य परिवारका सदस्य उपचारार्थ भएकाले घट नाको यथार्थ विवरण भने आइसकेको छैन । जगदिशले पहिलो श्रीमतीको निधन भएपछि राधिकालाई भित्र्याएका थिए ।
छोरीसंगको वि वाद पछि रि स फेर्न सोमबार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक वि षादी हालेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाई छ । वि षादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन् । परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदिश सोमबार राति घर नआई उद्योगमै बसेका कारण उनलाई भने केही भएन । उपचारका क्रममा राधिकाको निधन भएको हो ।
डिजेल र मट्टीतेलमा एक रुपियाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।
उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए । निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले जानकारी दिए ।
निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो । उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य रु २०।४१ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य रु १७।१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।