jQuery(document).ready(function($){ //
});

साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

कार/जीप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा४ख ९३२० नं को विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए। बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो।

‘विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौं’,उनले भने, ‘साथै दुई हजार जरिवानासमेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय