jQuery(document).ready(function($){ //
});

झापा को शिवसताक्षी स्थित सताक्षीधाम परिसरमा आयोजित धार्मिक मेला एवं लिङ्गमहापुरणको क्रममा निर्माण गरिएको रुद्राक्ष को शिवलिङ्ग मा उडृपुण्ड्र लगाईए पछि देशभरका सनातनी तथा शैवीहरु ले यसको बिरोध गरेका छन। अशास्त्रीय शिवलिङ्ग को निर्माण अनि त्यसमा लगाईएको तिलक को बिषय ले यति बेला सामाजिक संजाल तातिएको छ। पछिलो केहि दिन यता बिभिन्न यूवा समूह र संस्थाका पदाधिकारीहरु ले सो कार्य निन्दनीय एवं शास्त्रीय मर्यादा बिपरित भएको भन्दै सो कार्यलाई सच्च्याउन र शिवलाइ शास्त्रीय बिधि अनुसार कै तिलक लगाएर सजाउन अनुरोध समेत गरेका थिए तर सो धामका संरक्षक नन्दकिशोर भारद्वाज ले पहिला हामी रात्रि समयमा कोहि नभएको बेलामा सच्च्याउछौ भनेता पनि कुनै परिवर्तन नगरेको र तिमीहरु केटाकेटी ले भन्दैमा यो सचिदैन बल पूर्वक जे गर्छौ गर समेत भनेपछि बिबाद अझ चुलिएको छ। गएराति रात्रीकालिन सत्रमा बोल्दै भारद्वाजले केहि बिशिष्ठ गुरुहरु को नाम लिदै उहाहरु ले हाम्रा बिरुद्दमा समर्थन गर्नु भएछ यो कसले लेखेको हो उसैले जानोस भनेर मंच बाटै नाम उद्घोष गरेपछि माहोल झन् बिग्रिएको छ। तमाम पूर्व देखि पश्चिम सम्मका विद्वानहरु ले भारद्वाज को चर्को आलोचना समेत गर्नु भएको छ। सो कार्यक्रम कै बिचमा नेपाल का लागि जगदगुरु भनेर चिनिनु भएका बाल शान्त जी महाराज ले समेत बिरोध गर्ने व्यक्तिहरु मुर्खानन्द हुन् भनेर अभिव्यक्ति दिएपछि सो कुराले सनातनीहरुलाइ मार्माहित बनाएको छ। जगदगुरु जस्तो प्रतिष्ठामा रहनु भएका व्यक्ति को यस किसिम को अभिव्यक्ति खेद पूर्ण र वैदिक सनातन बिरुद मात्र नभएर आफ्नो पन्थ अनि सम्प्रदायकै अहित हुने कार्य भएको धर्मविदहरु ले बताउनु भएको छ। निम्बार्क सम्प्रदायका अनुयायी एवं मान्यजन हुनु भएका जगदगुरुले धार्मिक सहिष्णुता खल्बलिने गरि अभिव्यक्ति दिनु आफैमा निन्दनीय रहेको तर्क समेत सामाजिक संजालमा देखिएका छन। आक्रोशित बनेका  सनातनी यूवाहरुले यो असहिय भयो भन्दै संजालमा आक्रोश पोखेको कुरालाइ आफ्नो बचाउको तर्क बनाउदै घटनालाइ विषयान्तर गर्न मिडियावाजि समेत गरेर ज्यान मर्ने धम्कि आएको आफूहरु अशुरक्षित रहेको भन्दै समाचारहरु सम्प्रेषण गरीएका छन्। त्यसो त् धर्म रक्षाका सवालमा विभिन्न समयमा बिभिन्न गुरुहरु ले नै पनि आगो लगाउने , काट्ने मार्ने किसिममा अभिव्यक्ति नदिएको भने हैनन्। साम्य हुनु पर्ने घटनालाइ अझै बढावा दिदै गल्ति माथि गल्ति गर्दै सनातनी र वैष्णव सम्प्रदायी हरु बीच धार्मिक बितृष्णा जगाउने किसिम को कार्य समाजका लागि र धर्मका लागि उचित हैन। यो बिषयलाइ अहिले बिभिन्न धार्मिक संघसंस्था एवं विद्वतवर्गले नजिकदेखि नियालिरहेको र आउदो दिन मा हुन लागेको धार्मिक एकताका लागि गरिने सभालाइ समेत खलल पुराउने टिप्पणी गरिएको छ।प्राचिन अवस्था देखि नै शिवमा शैव तिलक यानिकी त्रिपुण्ड्र लगाउने प्रचलन तथा शास्त्रीय बिधान समेत रहेको पाईएको छ। यसरी भगवान को उपासना बिधि एवं पूजन बिधि लाइ नै परिमार्जित गर्नु र आफ्नो सम्प्रदाय अनुरुप सार्वजनिक स्थलमा प्रदर्शन गर्नु उचित भने पक्कै मानिदैन। सताक्षीधाममा यति बेला हजारौ भक्तजनहरु ले कथा श्रवण गर्नु का साथै भगवान को पूजा आराधना गर्न पाल्नु भएको छ। यस्तो बेलामा यी सबै क्रियाकलाप ले धर्म प्रति को बितृष्णा बढ्नु का साथै भक्तजनहरुलाइ समेत अन्योलमा पारेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय