jQuery(document).ready(function($){ //
});

अर्जुन शर्मा

संसारमा रोजगारी प्राय सबै देशको समस्या हो । धेरै देशहरुले रोजगारीको समस्याको समाधानको लागि स्वरोजगार कार्यक्रमलाई जोडतोडले लागु गर्न खोजेको पनि देखिन्छ तर पनि समस्या जिउँकातिउँ नै देखिन्छ।  रोजगारी र स्वरोजगारीका बहसहरु चल्दै गर्दा खेरि उधमशिलता र व्यवसायका बारेमा पनि उत्तिकै रुपमा परिचर्चा हुने गर्दछन।  आमरुपमा ठुलो समस्या रोजगारी, स्वरोजगारी, उधमशिलता, ब्यबसायको अवसर तथा अनुकुलताको भन्दा पनि अबधारणाको हो भने लेखकको बुझाई रहेको छ । छोटोमा स्वरोजगारी, उधमशिलता तथा ब्यबसायको बारेमा अबधारणागत प्रस्टता ल्याउने उद्देश्यले तल परिचर्चा गरिएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

स्वरोजगारउधमशिलता र ब्यबसाय

स्वरोजगार: आफ्नो लागि आफ्नै इच्छा अनुसार स्वतन्त्र रुपमा काम गर्नु स्वरोजगार हो । स्वरोजगारको  लक्ष आफ्नो बिशिस्ट पेशा तथा क्षेत्रमा उत्कृस्ट हुने रहन्छ । स्वरोजगारलाइ अंग्रेजीमा Self Employed or Freelancer भनिन्छ ।

स्वरोजगारको स्वतन्त्रता आफ्नो पेशा तथा ठेगानाको रोजाइमा जति रहन्छ त्यति समय र अर्थको बिषयमा भने रहदैन । स्वरोजगार कोहि कसैको मातहतमा वा निर्देशनमा नरहने भएता पनि आफ्नै आबश्यकताको बन्धनमा बाधिएको हुन्छ।  अपवाद बाहेक स्वरोजगारले समय र आर्थिक स्वतन्त्रता हासिल गरेको हुदैन । जब काम गर्दैन, उसको आम्दानी हुदैन।  अझ आम रुपमा स्वरोजगारले सार्बजनिक छुट्टी तथा अन्य चाड पर्वका छुट्टी समेत उपभोग गर्न नपाइरहेको हामीले देख्न सक्छौं । तसर्थ, स्वरोजगार स्वतन्त्रता हो भन्ने गलत बुझाईको कारण मानिसहरु स्वरोजगार हुन चाहन्छन र मानसिक रोगको सिकार हुने गरेका छन् ।

फेरि स्वरोजगारलाइ नकारात्मक रुपले बुझ्नु पनि हुदैन।  स्वरोजगारको लक्ष उधमशिलता र ब्यबसाय सम्म पुग्ने रहन्छ भने यसलाई सहि दिशामा अगाडी बढेको मान्न सकिन्छ । जुन स्वतन्त्रता व्यक्तिले चाहेको हुन्छ त्यो एउटा उधमी वा ब्यबसायी बने पछि मात्र हासिल गर्न सक्दछ । तसर्थ, स्वरोजगारलाइ अन्तिम होइन कि प्रस्थान बिन्दु बनाएर कर्म गर्न सकियो भने जीवन सोचे जस्तो सहज र सफल हुने छ। 

स्वरोजगार कर्म तथा पेशाका केहि उदाहरणहरु निम्न प्रकार छन्। 

वोकिल तथा ल फर्म

डाक्टर तथा क्लिनिक

किराना पसले तथा सुपरमार्केट मालिक

रेस्टुरेन्ट मालिक

कृषक

कलिगढ़

पशुपालक आदि

उधमशिलता: नयाँ नयाँ बिधि, प्रबिधि, विचार, नवाचार, कला, रचना र सिर्जना सहितको ब्यबसायलाई उधमशिलता भनिन्छ । उधमशिलताको लक्ष केवल नाफा कमाउनु मात्र नभई समस्याको समाधान दिनु रहन्छ । वास्तबमा भन्ने हो भने उधमशिलता दाहिने मस्तिस्कको प्रतिफल हो । कसैको यसै जन्मको पुरुषार्थले त कसैको पुर्व जन्मको पुरुषार्थले गर्दा दाहिने मस्तिस्क प्रयोगमा ल्याउन सफल भएको मानिन्छ। संसारमा आज जे जति नयाँ ब्यबसायहरु स्थापित भएका छन् ति सबै उधमीहरुको मस्तिस्कको कमाल हो, जस्तै अमाजोन, एप्पल, अलिबाबा, टुटल र पठाओ, उबर आदि । उधमशिलतामा जोखिम तथा पुरस्कारको अनुपात बढी हुन्छ।  नयाँ अभ्यास भएको कारणले उधमशिलतामा अन्यको तुलनामा बढी नाफा तथा घाटाको जोखिम रहन्छ। 

उधमी लिडर प्रवृतिका हुन्छन र ग्राहकमुखी हुन्छन । आफ्नो सिर्जना भएको कारणले एउटा बिन्दु सम्म  उधमी  आफ्नो ब्यबसयालाई आफ्नै नेतृत्वमा अघि बढाउन चाहन्छन किनकि अन्य व्यक्तिको लागि उक्त काम नयाँ हुनेछ र सहि ढंगले ब्यबस्थापन गर्न नसक्ने हुनसक्छ । उधमी वास्तबमा ग्राहकमुखी तथा सेवामुखी हुने हुनाले नाफा तथा घाटाको त्यति पर्बाह गर्दैन उनीहरु लगातार आफ्नो लक्षमा अघि बढिरहेका हुन्छन । उधमीको प्रतिस्पर्धा बजारमा कम हुन्छ किनकि उसको कर्म बिल्कुल फरक र नयाँ हुन्छ । आफ्नो सिर्जना र नवाचारको प्रयोग भएको हुनाले एउटा उधमीले लामो समय संघर्ष गरेको हुन्छ यदि प्रयोग सफल भयो भने उ अत्यधिक सफल ब्यबसायी बन्छ यदि प्रयोग सफल भएन भने बर्षौंको मेहनत तथा लगानी खेर जान सक्छ ।

उधमी बन्नु सबैको बसको कुरा होइन नै, जसले उधमशिलतालाइ अबलम्बन गर्न सक्छ उसले समाज, देश र सम्पूर्ण विश्वलाई मार्ग दर्शन पनि गर्न सक्छ ।

ब्यबसाय: बिधमान बिधि, प्रबिधि, विचार, कला, रचना, सिर्जना सहित गरिएको कर्म ब्यबसाय हो । ब्यबसायको लक्ष केवल नाफा कमाउनु रहन्छ।  बिधमान पद्दति भित्रै रहेर व्यापार गरिने हुनाले ब्यबसायमा नाफा तथा जोखिमको अनुपात कम रहन्छ । स्वरोजगारको गति, आयातन तथा परिमाण ब्रिद्दि भए पछि ब्यबसाय हुन जाने भएको हुनाले ब्यबसायलाइ स्वरोजगारको बिकसित रुप पनि मान्न सकिन्छ । ब्यबसायमा सामान्यतया मालिक आफै उपस्थित भएर दैनिक क्रियाकलाप गर्नु पर्ने हुदैन बरु ब्यबसायमा धेरै कर्मचारी वा सेवक द्वारा गरिएको कर्मको प्रतिफल मालिक सम्म पुग्दछ।  विशेषगरी ब्यबसायमा पद्दति (सिस्टम) ले काम गर्दछ। 

कुनै पनि कारोवार वा ब्यापारमा दैनिक कम्तिमा पांच हजार घण्टा काम हुन्छ भने त्यो ब्यबसाय हुन जान्छ जहाँ आफ्नो प्रत्यक्ष सहभागिता बिनानै आम्दानी हुने हुनाले एकै व्यक्ति धेरै ब्यबसायमा अनुबन्धित भएको हामीले देख्न सक्छौं । ब्यबसायको आम्दानीलाइ निस्क्रिय आम्दानी मानिन्छ।  संसारमा धन कमाउने, धनि हुनेहरु प्राय ब्यबसाय गरेकाहरु छन् । ब्यबसायका केहि सामान्य बिशेषताहरु निम्न प्रकार छन्।

१. ब्यबसायमा नयाँ method  प्रयोग हुदैनन् अथवा व्यवसायले नयाँ कुरामा बिश्वास गर्दैन।  

२. ब्यबसायको मुख्य उद्देश्य बजारमा प्रतिष्पर्धीलाइ जित्नु र नाफा कमाउनु  रहेको हुन्छ।

३. व्यवसायले लिडर होइन कि बोस प्रवृति उत्पादन गर्दछ।

४. ब्यबसाय सेफ प्ले गर्दछ र नाफा केन्द्रित हुन्छ।

नेपालका केहि सफल व्यवसायका उदाहरणहरु निम्न प्रकार छन् :

१. चौधरी ग्रुप

२.  गोल्छा

३. बाजेको सेकुवा

४.  भाट भटेनी आदि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय