

आज नेपालको ईतिहास कै सबैभन्दा ठूलो आई.पि.ओ बाँडफाँट भएको छ । ५० कित्तासम्म आवेदन दिने सबैले ५० कित्ता नै सेयर पाएका छन् भने ६० कित्ता देखि माथि दरखास्त दिनेहरुले गोलाप्रथाका आधारमा थप १० कित्ता सेयर पाएका छन् ।
तपाईले सेयर बाँडफाँट कार्यक्रमको केहि समय पश्चात निम्न लिखित तरिकाले आफूलाई कति कित्ता सेयर पर्यो भन्ने बारे हेर्न सक्नु हुनेछ ।
१. सुरुमा मेरो सेयर लग-इन गर्नुहोस् ।
२. माइ आस्वामा जानुहोस् ।
३. एप्लिकेसन रिपोर्टमा थिच्नुहोस् ।
४. नेपाल इन्फ्रास्ट्रक्चर बैँकको सिधा दायाँ तिर रहेको रिपोर्ट बटन क्लिक गर्नुहोस् ।
५. सो पेजमा तपाईलाई सेयर परे नपरेको , नपरेको कारण र परेको सेयर संख्या लेखिएको देख्नुहुनेछ ।