
लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले विर्तामोड -३ सैनिकमोड मा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।
सधै सामाजिक सोच राखेर समाजका लागी केहि गरौ भन्ने उदेश्य बोकेका युवाहरुको सक्रियतामा ‘कपडा बैंक’ सञ्चालनमा आएको हो । विर्तामोड नगरपालिका स्थित सैनिकमोडमा सन्चालनमा आयको बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई राहत पुग्ने संयोजक गुन्जन प्रसाईँले जानकारी दिनुभयो।
सामाजिक सेवामा क्रियाशील एम के के ग्रुप, अनारमनी युथ क्लब ,दारी ग्याङ झापा तथा रोटर्याक्ट विर्तामोड लगायतका संघसंस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । आजबाट एक सातासम्म कपडा बैंक सञ्चालन हुने सहसंयोजक आकाश उप्रेतीले जानकारी दिनुभएको छ ।