
नेकपा र राजपाले चुनावलाई लक्षित गरेर मत माग्ने क्रममा पैसा बाँडेको भन्ने संगीन आरोप लागेको छ । जनमत पार्टिले पैसा बाँड्नेलाई रङ्गेहात पकडेको भन्दै आरोप लगाएको हो । महोत्तरी पिपरामा राजपा प्रदेश सांसद सुरिता साहको टोलीले पैसा बाँडेको आरोप लगाइएको छ भने रातको ११ बजे नेकपा र राजपा बीच पैसा बाँड्ने कुरो लिएर झडप भएको बताइएको छ । जिल्ला प्रहरीको टोली पनि सम्बन्धित क्षेत्रमा पुगिसकेको बताइएको छ ।
सिके राउतले सो घटना सम्बन्धी पोष्ट गर्दै लेखेका छन् ” निर्वाचन आयोग र प्रहरीले कारबाही गरून् अन्यथा जनता कारबाही गर्न बाध्य हुनेछ । “