jQuery(document).ready(function($){ //
});

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । जोशीको उपचारको क्रममा नर्भिक इन्टरनेसनल हस्पिटलमा शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । जोशी गएको फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका थिए ।

मष्तिष्कघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो ।

eHatiya

अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा राजीव झाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय