jQuery(document).ready(function($){ //
});

काठमाडौंमा वायुप्रदुषण बढेको छ । आज दिउँसो देखि एक्कासी प्रदुषण बढेपछि सरकारले घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन आग्रह गरेको हो । 

प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न मन्त्रालयले अपिल गरेको छ । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय