jQuery(document).ready(function($){ //
});

सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।

सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेको र उनकी श्रीमती अनिता विश्वकर्मामाथि पनि उनीहरुले गोली र खुकुरी प्रहार गरेको सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकरी दिनुभयो ।

घटनामा घाईते भएकी अनिताको सिराहा स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न रामकृष्ण चौधरी र शंकास्पद अर्को एक जना पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । आजको इमेज खबरबाट साभार उद्धृत समाचार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय