
नेपाली महिलाहरुलाई अनुसन्धान, उद्यमशीलता, रोजगारी र व्यक्तित्व बिकासको माध्यमबाट अग्रणी बनाउने उद्देश्य बोकेर जरोकिलो महाअभियानको विशिष्टिकृत संस्थाका रुपमा स्थापित युगनिर्माण महिला समाज नेपालको आयोजनामा झापा जिल्ला कचनकवल- २ हरदस टोलमा सञ्चालित त्रिदिवशीय अर्ग्यानिक कपुरधूप सिप तालिमको आज २०७८ वैसाख ११ गते मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्ष आदरणीय इन्द्र प्रसाद ओलीज्यूबाट प्रमाणपत्र वितरण गर्दै समापन भएको छ ।

१ नं प्रदेश महासचिव अर्जुन कुमार भट्टराईको सञ्चालन रहेको उक्त समापन सत्सङ्गमा शीतला माता मन्दिरकी प्रमुख आदरणीय मैया माताज्यूले आशीर्वचन प्रदान गर्नु भएको थियो ।
युगनिर्माण महिला समाज नेपालकी कार्यक्रम संयोजक चन्द्रकला भट्टराई दाहालको सभापतित्वमा भएको समापन सत्सङ्गमा प्रदेश सचिव राजकुमार दाहालले स्वागत मन्तव्य र प्रदेश सचिव रोमा देवी निरौलाले जरोकिलो महाअभियानको आवश्यकता र औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

उक्त सत्सङ्गमा जरोकिलो महाअभियानका कृष्णा देवी चुडाल, विष्णुमाया गौतम, हेमराज चौलागाईं, गोपाल तिम्सिना, निकिता तिवारी, भूमादेवी चौलागाईं लगायतका महाअभियन्ताहरुको उपस्थिति रहेको थियो ।
सहभागीहरुका तर्फबाट देवकुमारी लिम्बु, विरकुमारी ढुङ्गेल, कृष्णमाया सिटौला आदिले आफ्नो अनुभव सुनाउनु भएको थियो भने सिप तालिममा ३ दिनसम्म सोही क्षेत्रमा रही प्रमुख प्रशिक्षक खेम कुमारी ओली, सहायक प्रशिक्षक शुष्मा दाहाल तामाङ, निर्मला गिरी एवम् सरिता तिवारीले तालिमको प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रम संयोजक चन्द्रकला भट्टराई दाहालले अर्ग्यानिक कपुरधूप सिप तालिममा सहभागी हुनुहुने सम्पूर्ण मान्यजनहरु एवम् तालिमको लागि घर उपलव्ध गराउनु हुने स्थानीय समाजसेवी आदरणीय कुल बहादुर बस्नेतज्यूलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो।