jQuery(document).ready(function($){ //
});

धरान, मंसीर १३ – सिद्धबाबा (कृष्ण दास ) धर्मगुरुको संलग्नताको आरोप लगाइएको बलात्कार आरोप प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । यस तथ्य अनुसार सिद्धबाबालाई एक तर्फी रुपमा विगत ६ महिना देखि आरोप लगाउने महिलाले मेसेन्जरमा मेसेज गर्ने गरेको कुरा तथ्य प्रमाणको रुपमा देखाइएको छ ।


मेसेजमा एकतर्फी रुपमा ती महिलाले सिद्धबाबालाई बहकाउन खोजेको प्रष्ट पढ्न सकिन्छ भने सिद्धबाबाका तर्फबाट भने प्राथमिक अभिबादन गर्ने र आफू संलग्न समाचारका लिङ्क सेयर गर्ने बाहेक खासै दोहोरो कुराकानी भएको देखिँदैन ।
सिद्धबाबाले एक पटक फोन सम्पर्क गरेको भने देखिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

थप वास्तविकता प्रहरी अनुसन्धानको सम्पूर्णतामा मात्र प्रष्ट हुने छ । हाल सिद्धबाबा स्वास्थ्य अवस्था विग्रिएको कारण देखाउँदै अस्पताल भर्ना गरिएको छ । उनी माथी गत ४ गते आफ्नै आश्रममा बोलाएर महिला माथी बलात्कार गरेको संगीन आरोप लगाइएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय