jQuery(document).ready(function($){ //
});

– किशोर निरौला झापा / झापामा गए राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका प्रमुख समेत हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।

चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो। उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए।

गस्तीमा उनीसहित दुई जना निस्केका थिए। सँगै रहेका प्रहरी हवलदार सकुशल रहेका बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय