jQuery(document).ready(function($){ //
});

धरान- सिद्धबाबा (कृष्णदास) धर्म गुरु माथि केही दिन अघि बलात्कार प्रयासको आरोप लाग्यो । सुनसरी जिल्ला प्रहरीले जाहेरी लिन नमानेको भन्ने कुरो पनि बाहिरियो । अन्तत: प्रहरीले सिद्धबाबा विरुद्ध उजुरी दर्ता गर्यो र पक्राउ पुर्जी जारी गर्यो तर प्रहरीले हिरासतमा भने राखेन उनी विरामी भएको भन्दै अस्पताल भर्ना गरियो ।

एकातिर उनलाई पथबाट भड्काउन गरिएका जस्ता लागिने एकतर्फी मेसेजहरु बाहिरिएका छन (जसको सत्यतथ्य पुष्टि हुन भने बाँकी छ ) जसले ‘के उनलाई विरोधीले फसाउन खोजेका हुन् ?’ भन्ने प्रश्न उब्जिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अर्का तर्फ ईतिहास देखिनै उनी निर्विवाद रहेका व्यक्ती भने होइनन् । कहिले सार्वजनिक जग्गा मिचेको त कहिले मापदण्ड विपरित नक्सा नै पास नगरेको भवन उद्घाटनमा राष्ट्रपतिलाई बोलाएको त कहिले मुख्य मन्त्री शेरधन राईले आफू महाराजबाट प्रभावित भनेर दिएको अभिव्यक्तिले उनको पहुँच निकै माथिल्लो तहसम्म पनि रहेको छ भन्ने कुरा इंगित भएको छ । चतारा स्थित उनको १२८ कोठे आश्रम रहेको छ ।

भर्खरै मात्र उनका आश्रम स्थित अनुयायीहरुले अनलाइन खबरका पत्रकारहरुलाई घुस दिएको शैलीमा ब्रोसरमा हाली ३ हजार रुपैया दिएको घटना पनि सार्वजनिक भएको छ ।

अब प्रश्न उठ्छ ‘के सिद्धबाबालाई फसाउन खोजिएको हो ?’
या धर्म र मानिसको आस्थाको दुरुपयोग गर्दै आस्थाको आवरुमा गोरखधन्दा चलाइएको हो ? प्रश्न गम्भीर छ र सम्बन्धित निकायले यस सम्बन्धी सत्यतथ्य खोजबिन गरि वास्तविकता उजागर गर्ने दायित्व निर्वाह गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय