
डिजिटल बैकिङ सामान्य भाषामा भन्नुपर्दा आधुनिक बैकिङ सुबिधा सहितको बैकिङ प्रणली हो । नेपाली बैकिङ प्रणलीमा पछिल्लो समय प्राबिधिक पक्षमा ब्यापक सुधार तथा बिकास भएका छन्। बैकिङ सेवाको प्रयोग आवस्यकता भन्दा अनिवार्यता हुँदै गएको छ। व्यवसाय, रोजगारी, उत्पादन तथा उद्योगको परिकल्पना डिजिटल बैकिङ बिना अब असम्भब छ। परम्परागत रुपमा मुद्राको ब्यवसाय मात्र थियो बैकिङ, तर आजको समयमा बैकिङ सुबिधा को रुपमा क्रमस बिकास र बिस्तार हुँदै गएको छ ।
व्यसायिक भुक्तानी कनेक्ट आई.पि.यस, मोवाईल बैकिङ, क्युआर कोड भुक्तानी, इन्टरनेट बैकिङ मार्फत बिल भुक्तानि, हवाई टिकट, घरायसि विद्युत महशुल भुक्तानि, इन्टरनेट बिल भुक्तानि डिजिटल बैकिङ मार्फत हुँदा व्यक्तिगत जिवन सहज भएको छ ।
तथ्याङ्किय रुपमा हेर्दा
नेपालको केन्द्रिय बैककै तथ्याङकमा ६१ प्रतिशत जनतामा बैकिङ सेवाको पहुँच पुगेको पाईन्छ (जुन तथ्याङ्क खोलिएको खाताको आधारबाट लिईएको हो )। वित्तीयसाक्षरता को अवस्था अझ कमजोर छ । वित्तीयसाक्षरताको विश्वव्यापी तथ्याङ्किय दायरा १३ प्रतिशत देखी ७१ प्रतिशत छ। सबैभन्दा कम वित्तीयसाक्षरता यमन तथा बढी वित्तीयसाक्षरता भएको देश नर्बे र डेनमार्क हुन् ।हाम्रो देशमा नियामकको दवाबमा, छुट सुबिधाले मात्र डिजिटल बैकिङ प्रोत्साहन भएको पाईन्छ । आफ्नै सहजताका लागि डिजिटल बैकिङ प्रयोग गर्दै नेपाली वित्तीयसाक्षरताको अवस्था १९ प्रतिशत जनताबाट अझमाथि पुर्याउनु पर्नै अबस्था छ। नियामकको साथै बैक तथा वित्तीय संस्थाले कार्यान्वयन तहबाटै पहल गर्नु पर्ने आवश्यकता छ ।
विश्वभरी संक्रामक रोग फैलिरहेको अवस्थामा यस अवस्थालाई अवसरको रुपमा बिकास गर्दै दिगो स्थाई आधुनिक डिजिटल बैकिङ प्रणली बिकास गर्न सकिन्छ ।
(लेखक नेपाल बैक उर्लाबारीमा कार्यरत हुनुहुन्छ । माथि उल्लेखित बिचार लेखकका निजी बिचार हुन् जसले निज आबद संस्थासँग कुनै किसिमको सरोकार राखदैन ।)