jQuery(document).ready(function($){ //
});

मंसीर १४ – २०७६ सालको उपनिर्वाचनमा थवाङ वार्ड नं १ मा नेकपाका जनकबहादुर बुढामगर वडा अध्यक्षका रुपमा विजयी भए । त्यस स्थानमा जम्मा मतदाता संख्या १२७४ थियो भने जम्मा खसेको मत भने २०९ मात्र अर्थात् १६.४० % मत मात्र थियो त्यसमा पनि विजयी उम्मेद्वारले १७४ मत मात्र पाए अर्थात् बाँकी ११०० मतदाताले विजयी उम्मेद्वारलाई बहिस्कार गरे !!

तर जे जसरी भए पनि नेपालको कानूनत: उनी विजयी उम्मेद्वार हुन् र उनले जनताको प्रतिनिधित्व गरेर वडा अध्यक्ष बन्दै छन् ।
यो प्रकरणले यदि साँच्चै सचेत नागरिक कोहि छ भने मेरो मनमा जस्तै उसको मनमा केही प्रश्न उब्जिएको हुन पर्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

-बहुमतले अस्वीकार गरेको मान्छे जनप्रतिनिधि बन्दा आम जनता रुनु कि हास्नु ??
-के यो निर्वाचन प्रणाली जसले बहुमत जनमतले वहिष्कार गरेको व्यक्तिलाई जनप्रतिनिधि बनाएर पठाउँछ यो साँच्चैमा उत्कृष्ट व्यवस्था हो ?
-‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ को अभ्यास भएको भए बहुमतबाट बहिस्कृत जनप्रतिनिधी चुनिन्थे होलान् ?
-के यस्तो व्यवस्थाले साँच्चै जन अपेक्षा अनुरुप काम गर्न सक्छ त ?
-के यस्तो पत्रु/गतार्थ व्यवस्था फ्याँकेर जन मैत्री व्यवस्था ल्याउने बेला भएन ?

प्रश्न उठ्छ र प्रश्न गर्न पर्छ । हामी बहुमतले समतामूलक शासन गर्ने पद्धतिलाई लोकतन्त्र भन्दछौँ !  तर हामीलाई अल्पमतले छलावा गरेर विजयी भयौँ भनी उल्लू बनाएर शासन गरिरहेको त छैन ?  लोकतन्त्रका नाममा अल्पमतले बहुमतलाई कज्याउने व्यवस्था अभ्यास गरेर जनप्रतिनिधि हुँ भन्नेहरुले किन यस्तो भद्दा मजाक गरिरहेका छन् ? सोच्नुस् त !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय