
धरान – धरानको मेयर पदको उप निर्वाचनको मत गणनामा काँग्रेसका तिलक राईले लगातार अग्रता कायम गरिरहेका तिलक राई अन्तत: विजयी भएका छन् । यो उपनिर्वाचनमा उनले नेकपाका प्रतिद्वन्द्वी प्रकाश राईलाई हराएका हुन् । यो सँगै धरानमा ३० वर्ष देखिको कम्युनिस्टहरुको अजेय यात्रामा पूर्ण विराम लागेको छ । एमालेको पूरानो लाल किल्ला रहेको धरानमा हाल आएर काँग्रेस विजय प्राप्त गर्न सफल भएका हुन् ।
धरानमा साबिक मेयर तारा सुब्बाको निधन पश्चात रिक्त रहेको मेयर पदपूर्तिका लागि पुन:निर्वाचन भएको हो । यस अघि भएको स्थानिय निकाय चुनावमा तिलक राईले तारा सुब्बाबाट हार बेहोरेका थिए ।
धरानको उप निर्वाचनमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।