
म! म भएर कहिले बाच्ने
आफ्नो हासो कहिले सम्म लाई साच्ने ।
उहिले पनि दु:ख पाकै हो
अहिले नि पाइराकै हो ।
अझ पहिले पहिले भन्दा त
झनै गाह्रो छ अहिले ।
म! म भएर कहिले बाच्ने
आफ्नो हासो कहिले सम्म लाई साच्ने ।
आफ्नो हासो लाई दबाई
अरुको हासो हास्छु म
आफ्नो निम्ति सबै छोडी
अरुको निम्ति बाच्छु म
आफ्नो सपना त खै के त्यस्तै होला
तर आरुको सपना साच्छु म
भनी देउ न कोहि आखिर
म! म भएर बाच्ने कहिले हो।
देख्छु जताततै दङ्गा फसाद
आफू राम्रो भएर हिंड्न खोज्दा
अरु भन्ने हरु ले भनी दिन्छन
तैले गरिस संस्कृतिक सिमा भङ्ग ।
ल भन, म! म भएर बाच्न जाने कहाँ ।
भन्ने ले भन्छन राज्यमा कानुन छ भनी
बनाउने ले पनि बनाकै होला हाम्रै निम्ति भनी
तर खै! कानुन किन लाचार भएछ बुझ्न सकिन
खुलेआम आफ्नी चेली माथी एसिड छयापिदा
सर्वजनिक स्थल मा बिर्य आतंक मचिदा
वा भनौ तुच्छ बलात्कारि को सिकारमा पर्दा
चरम राजनिती ले ब्याप्त अदालत धाउ
कि तिमी आफै भन अब
कानुनी आभास खोज्न म कहाँ जाउ ।
आखिर किन तोड्दै छन आफ्ना ले नै
कानुन को बैधानिक घेरा
ल भनिदेउ न ,म! म भएर बाच्न कहाँ जाउँ ।
आखिरि मा एउटा प्रश्न छ तिमिलाई
यस्को उत्तर बिन्ति भनिदेउ मलाई
यहाँ अबोध महिला हरुको चिहान छ
अनि त्यहि चिहान माथी हास्दौ
खुलेआम हिड्छन बलात्कारि हरु
किन पुजा गर्छौ तिमी फेरि लिङ्ग को
रगतको आशु बगाउने यहा त्यहि लिङ्ग हो।।