
रुपन्देही – रुपन्देहीमा आफ्नै छोराले बाबुआमाको हत्या गरेका छन् । छोरा गोरख यादवले बाबू रामनारायण र आमा ठगनाको हत्या गरेका हुन् । सो क्रममा बचाउन खोज्दा दाजु जोगिन्दर पनि घाइते भएका छन् ।
बाबूको घटना स्थलमै र आमाको अस्पतालमा मृत्यु भएको बताईएको छ ।
अभियुक्तले आफूले हत्या गरेको कबूली सकेका छन् भने, अभियुक्तको मानसिक सन्तुलन गुमेको र उनले डाक्टरी औषधी खाईराखेको कुरा प्रारम्भिक अनुसन्धानले खुलेको छ ।