jQuery(document).ready(function($){ //
});

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् ।

उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन्।

RAWA Hills Town Property

RAWA Hills Town Property
भारतकी शिवांगी शर्माले रजत जितिन्। उनले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन्।

गौरिकालाई पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भइन्। तेक्वान्दोका विष्टले नेपालका लागिचार स्वर्ण चार संस्करणमा जितेका छन्।

१३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २/२ वटा रजत र कांस्य समेत जितेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय