
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले उमेर समूह फुटबलमा उत्कृष्ट फरवार्डको उपाधि जितेका छन् । रोनाल्डो जुनियर हाल युभेन्टसको यु–९ टोलीबाट खेलिरहेका छन् ।
९ वर्षकै उमेरमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका रोनाल्डोका छोराले हालसम्म दर्जनौं उपाधि र अवार्ड जितिसकेका छन् । सोक्रममा यसपटक उनको टिमले ‘काभोर ट्रफी’को उापधि जित्यो । टिमलाई च्याम्पिनय बनाउन प्रतियोगिताभर ३ गोल गरेका रोनाल्डो जुनियरलाई टुर्नामन्ेटकै बेस्ट फरवार्डको अवार्ड प्रदान गरिएको हो ।
फाइनल खेलमा युभेन्टस यु–९ टिमले चिएरी–९ लाई ३–२ ले हराएको थियो । सोक्रममा रोनाल्डो जुनियरले ३ गोल गर्दै ३ गोलका असिस्टसमेत गरेका थिए ।
आफ्नो छोराले उमेर समूहमा बेस्ट फरवार्डको अवार्ड जितेपछि रोनाल्डोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् छोराले अवार्ड बोकेको तस्बिर पोस्ट गर्दै बधाई दिएका छन् । उनले छोराप्रति आफूलाई गर्व महसुस भएको पनि बताएका छन् ।