jQuery(document).ready(function($){ //
});

काठमाडौं  –  ‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ का चर्चित गायक गुरुङको निधन’ गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । लामो समय दार्जीलिङ्गमा चिया खेती गरि रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अतिनै लोकप्रिय गीत हो । सोही गीत गाएर उनी अजर–अमर बनेका हुन् ।

लामो समय देखि रोगबाट ग्रसित भएका गायक रुद्रमणिको उपचारको क्रममा सोमबार निधन भएको हो । दर्जनौ गीत का कारण आफुलाई संसार भर चिनाएका गायक गुरुङलाई बुधबार दार्जीलिङ्गको छोटाकाक झोरामा बिहान ८ बजे अन्त्यष्टि गरिने भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय