jQuery(document).ready(function($){ //
});

सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर औषधि बिक्री गर्ने गरेको पाइएको छ। धनगढीस्थित गेटा आँखा अस्पतालमा अमित मेडिसिन डिस्ट्रिब्युटर्सले किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर तीन करोड ५० लाखको औषधि बिक्री गर्न सफल भएको छ। सो डिस्ट्रिब्युटरले करोडौंको औषधि नक्कली करचुक्ता प्रमाणपत्रका आधारमा मात्र नभई सार्वजनिक खरिद ऐनविपरीत बिनाटेन्डर बिक्री गरेको हो।

सार्वजनिक खरिद ऐनविपरीत कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा करोडौंको औषधि खरिद–बिक्री गर्ने, इच्छाएको व्यक्तिलाई टेन्डर पार्ने, गुणस्तरहीन र कम परिमाणमा औषधि दिएर बिल मिलाउनेजस्ता अनियमितता हुने गरेको पाइएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

२० लाखभन्दा बढीको औषधिजन्य वस्तु खरिद गर्न टेन्डर गरिनुपर्ने प्रावधान सार्वजनिक खरिद ऐन नियमावलीमा छ। गेटा आँखा अस्पताल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा नियमावलीअनुसार नै औषधि खरिद गरिएको अस्पतालका लेखा प्रमुख मानबहादुर चौधरीले दाबी गरे।

नेत्र ज्योति संघ कैलालीका अध्यक्षको संयोजकत्वमा रहेको पाँच सदस्यीय आपूर्ति समितिले औषधि खरिदसम्बन्धी निर्णय गर्ने उनले बताए। एक आर्थिक वर्षमा करिब पाँच करोड रुपैयाँबराबरको औषधि अस्पतालले खरिद गरेको उनको भनाइ छ। ‘करिब पाँच करोडबराबरको तीन सय बढी प्रकारका औषधि खरिद हुन्छ,’ उनले भने, ‘टेन्डर प्रक्रियाबाट नभई दरभाउपत्र (कोटेसन)का आधारमा खरिद गर्ने गरेका छौं।’

सुरुमा विभिन्न प्रकारका औषधिका लागि दरभाउपत्र आह्वान गरिने र दरभाउपत्र सदर भएको व्यवसायी संस्थाबाट नै पटकपटक गरेर वर्षभरि औषधि खरिद गरिने उनले बताए। आर्थिक वर्ष २०७५/७६ मा १२ वटा संस्थाका दरभाउपत्र सदर भएकोमा तीमध्ये आर्थिक वर्ष २०७५/७६ मा अमित मेडिसिनबाट दुई करोड ८९ लाख ४२ हजार को औषधि खरिद गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा अमित मेडिसिनाटै ६१ लाख ५६ हजारको औषधि खरिद गरिएको उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय