
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने बिहीबार काठमाडौंमा आयोजित ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रमको घोषणामा जानकारी दिइएको हो । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।
रवि लामिछानेले चलाउने सो कार्यक्रममा नेता छनौटको जिम्मेवारी अर्थात निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहेका छन् । निर्णायकमा केही अरु व्यक्ति पनि थपिने जानकारी दिइएको छ । विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।
‘सिधाकुरा जनतासँग’ कार्यक्रमबाट चर्चामा रहेका रवि लामिछानेले आफ्ना अधिकांश कार्यक्रमम मुलुकको विकास र समृद्धि असल नेताको अभावमा हुन नसकेको बताउँदै आएका थिए । अहिले उनी रवि लामिछानेले असल, सक्षम र नेतृत्वदायी क्षमताको भएको व्यक्ति गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम गर्न लागेका हुन् ।