
आज (शनिबार) देखि सुरु हुने ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । लिगका खेल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने गरी सम्झौता भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
शनिबारदेखि सुरु हुने ‘ए’ डिभिजन लिगमा ९१ वटा खेलबाट लिग च्याम्पियनको टुंगो लाग्नेछ । दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने लिगका खेल लाइभ गर्ने विषयमा अध्यक्ष शेर्पा र नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र बिष्टबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
एन्फा अध्यक्ष शेर्पाले एनटीभीसँगको सम्झौताले नेपाली फुटबलमा थप योग्दान पुग्ने र आमसर्वसाधारण माझ फुटबलको लोकप्रियता बढ्ने विश्वास व्यक्त गरे । अघिल्लो संस्करणको प्रत्यक्ष प्रशारण भने एपीवान टिभीले गरेको थियो । अध्यक्ष शेर्पाले गत वर्षको भन्दा बढी रकममा सम्झौता भएको बताए पनि रकम भने सार्वजनिक गरिएको छैन ।
यो पनि पढ्नु: