
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन्
नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना अस्पतालमा रहेकोमा ५ जना आईसीयूमा उपचार गराइरहेका छन्। राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् ।काठमाडौं । राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना अस्पतालमा रहेकोमा ५ जना आईसीयूमा उपचार गराइरहेका छन् ।
निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक चन्द्रप्रसाद न्यौपानेले पनि कोरोना संक्रमणबाट ज्यान गुमाए । विराटनगरको बिराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको ५० वर्षको उमेरमा गत जेठ १४ गते मृत्यु भएको हो । उनी सरकारद्वारा गठित विज्ञापन बोर्डका सदस्य समेत थिए ।
अन्नपुर्ण दैनिकमा कार्यरत दोलखाका पत्रकार रविन्द्र गौतमको गत जेठ १६ गते मृत्यु भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि दोलखाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिए पनि उनको ज्यान जोगिन सकेन ।
डेढ दशकदेखि स्वतन्त्र पत्रकारिता गर्दै आएका पाचँथरका एकराज भण्डारीको १५ गते मृत्यु भयो । उनी पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष समेत थिए । झापाको विर्तासिटी अस्प्तालमा उनको मृत्यू भएको थियो ।
विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका धनुषाका पत्रकार माधव आर्चायको गत ८ गते कोरोना संक्रमणका कारण मृत्यु भयो ।
रेडियो नेपालमा कार्यरत खोटाङका कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण जेठ ७गते ५४ वर्षको उमेरमा मृत्यु भएको थियो ।
रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा गत जेठ ५ गते निधन भयो । उनी रेडियो लुम्बिनीमा कार्यरत थिए